बिराटनगर ।
मोरङका दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागू औषध ट्याब्लेट ओसार पसारमा संग्लग्न दुई जना भारतिय नागरिकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनकुटा नगरपालिका–७ का २६ बर्षीय निशान श्रेष्ठ र धनकुटा नगरपालिका–४ का २० बर्षीय रोशन श्रेष्ठ साथै भारतको अररिया–३ का ३२ बर्षीय मुजफर मिया र ७५ बर्षीय जहरुदिन मिया रहेका छन् ।
बुधवार राती ७ बजेको समयमा बिराटनगर–१६ बाट श्रेष्ठद्धय फेरागन २० एम्पुल, लुपिजेसिक १८ एम्पुल, एभिल २० एम्पुल र डाईजापाम १८ एम्पुलसहित पक्राउ परेका हुन् ।
त्यस्तै मोरङकै सुनवर्सी नगरपालिका–८ बाट राती साँढे १ बजे २ जना भारतिय नागरीक ३०० ट्याब्लेट लागुऔषध नाईट्रोसनसहित पक्राउ परेका हुन् । लागू औषधसहित पक्राउ परेका उनीहरुको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।