मोरङ । 

मोरङको बेलवारी नगरपालिका–९ डाँगा बजारका ३५ बर्षीय जयबहादुर खत्रीलाई आफनै बुबाको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

बुधवार राती साँढे १० बजेको समयमा खत्रीले आफ्नै बुबा ८० बर्षीय दलबहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको हो ।

बुबाको हत्याको आरोपमा प्रहरी टोलीले खत्रीलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरेर आएका खत्रीले घरायसी बिषयमा बुबासँग बादबिबाद गरेको र बादबिबादकै क्रममा रिसको आवेगमा घाँटी थिच्दा दलबहादुरको घटनास्थलमै मृत्यु भएको थियो ।

हत्याको आरोपमा पक्राउ परेका खत्रीको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।