बिराटनगर । 

१ नम्बर प्रदेशको पाँचथरमा बुधवार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ फुङसिङको कच्ची सडकमा राँकेबाट रवितर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८५९५ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ७ मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा ट्याक्टर चालक माङसेबुङ गाउँपालिका–३  का २१ बर्षीय रविन लिम्बुको घट्नास्थलमै मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय रवीको  प्रहरी टोलीले मृतकको शव उद्धार गरेको तथा घटना सम्बन्धमा अन्य थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।