सुनसरी ।
सुनसरीको ईटहरी उप–महानगरपाललिका–१० मा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ बर्षीय बमबहादुर लिम्बु रहेका छन् ।
आइतबार साँझ ६ बजे ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको को ११ प ७९३२ नम्बरको मोटरसाईकललाई बिपरीत दिशाबाट आउदै गरेको को १ ख ६१६२ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाईते भएका लिम्बुको एपेक्स अस्पताल ईटहरीमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटनामा संलग्न बस र चालक भुवनकुमार विष्ट ईलाका प्रहरी कार्यालय ईटहरीको नियन्त्रणमा छन् भने घटनाको बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।