बिर्तामोड ।
नेपाल व्यापार कर्मचारी संघ (युनिकम) बिर्तामोड नगरले नेतृत्व विकासका लागि कर्मचारी तथा व्यवसायमा आवद्ध कर्मचारीहरुको सहभागीतामा एक दिने तालिम तथा अन्तरक्रिया गरेको छ ।
युनिकमले बिर्तामोड क्षेत्र भित्र रहेर निजी क्षेत्रमा काम गर्ने कर्मचारीलाई सोमवार नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेको हो । तालिको उद्घाटन कार्यक्रमको अध्यक्षता युनिकम बिर्तामोड नगर अध्यक्ष कविन्द्र रिजालको रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर १ का प्रवत्ता कुमार भट्टराई, युनिकमका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
स्वागत गंगा भट्टराईले गरेको कार्यक्रमको तालिमको तथा अन्तरक्रियाको औचित्यमाथि प्रकाश केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले पारेका थिए भने सञ्चालन युनिकम प्रदेश नम्वर १ का अर्गनाइजर सागर रिजाल(धनन्जय)ले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि युएनआई एप्रोका प्रमुख शंकर लामिछानेले जुम मार्फत सहभागीहरुलाई शुभकामना दिएका थिए ।
कोभिड महामारीका बीच भएको तालिममा स्वास्थ्यका मापदण्ड पूरा गरेर तालिम सञ्चालन गरिएको थियो । तीस जना सहभागी प्रशिक्षार्थी रहेको तालिमको सहजीकरण युनिकम र नेतृत्वको विषयमा केन्द्रीय अध्यक्ष पौडेल र युएनआई प्यासफिक कार्यक्रम संयोजक तीलकजंग खड्का कल्याण प्रशिक्षण दिएका थिए ।
लिडरसिपका विषयमा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले प्रशिक्षण दिएका थिए ।