लक्ष्मीपुर ।
झापाका एक गिरी परिवारमा फेरी बज्रपात परेको छ । परिवारमा श्रीमानको मृत्यु भएको ११ औं दिनमा श्रीमतीको निधन भएको छ । झापाको बिर्तामोड नगरपालिका –२ स्थित चारपानेमा श्रीमान अम्वरबहादुर गिरीको निधन भएको ११ औं दिनमा श्रीमती मधुमाया गिरीको निधन भएको हो ।
नेपाल दशनामी समाजका जेष्ठ सदस्य तथा समाजसेवी गिरीको गत पुस २९ गते ८५ बर्षको उमेरमा निधन भएको थियो भने श्रीमती मधुमाया गिरीको ८४ बर्षको उमेरमा आइतवार साँझ ८ बजे आफ्नै निवास चारपानेमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
स्व. मधुमायाको सोमवार(आजं) विहान १० बजे कनकाई माईस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । छोरा एकराज र हेमराज गिरीलाई बुबाको काम सकिन नपाउँदै आमाको निधनले ब्रजपात परेको छ ।