जलथल । 

झापाको  हल्दिवारी गाउँपालिका वडा नम्बर ४ ले आर्थिक बर्ष २०७८/७९ को बजेट मार्फत छुट्याएको कृषि यान्त्रीकरण .(औजार)  आईतबार (आज) किसानलाई  वितरण गरेको छ ।

४ नं. वडा कार्यालय र किसानको ५०÷५० लागत साझेदारी कार्यक्रम अन्तर्गत बिधुतिय कुटी काट्ने मेसिन ४५ जनालाई, मकै छोडाउने मेसिन २२ जना जनालाई, बिधुतिय स्प्रे ट्याङ्की २७ जनालाई, मकै रोप्ने मेसिन २० थान र फोहोर फाल्ने १ चक्के पुस्कट २५ जनालाई वडा कार्यालयमा निबेदनका साथ लागतको ५० प्रतिशत रकम बुझाएका किसानहरूलाई बितरण गरेको हो ।

वडा अध्यक्ष होम चुडालका अनुसार सामाग्रीको लागतको मुल्य अर्थात्  कुटि काट्ने मेसिन (चाप कटर) मा २६ हजार ५ सय , मकै छोडाउने मेसिनमा १४ हजार ५ सय , स्प्रे ट्याङ्कीमा ३ हजार ५ सय,  र मकै रोप्ने मेसिनमा ४ हजार र फोहोर फ्याक्ने १ चक्के मेसनमा ३ हजार ५ सय रुपैयाँका दरको रहेको र उक्त रकम मध्ये किसानलाई ५० प्रतिशत अनुदानमा वडाले सहयोग गरेर सामाग्री हस्तान्तरण गरेको हो ।

कृषकलाई पहिलो प्राथमिकता दिएर कृषकलाई चाहिने औजार र कृषि पेशालाई सरल, सहज र बैज्ञानिक तरिकाले गर्न मदत पुगोस् भनेर ठूलो मात्रामा बर्षेनी कृषि सामाग्री वितरण गर्ने गरेको उनले बताए । साथै कृषिमा ३५ प्रतिशत खर्च गरिएको समेत उनले जानकारी दिए