बुट्टाबारी ।
मङ्ग गुरुहरुको मङ्गहिम (मन्दिर) अर्जुनघारा ११ मा स्थापना भएको छ । बिश्वका मानव बर्गलाई शान्ति स्थायी स्थापना होस भन्दै शेन मुन्दुम मङ्ग गुरु हर्कप्रसाद केरुङ्ग लिम्बुले मङ्गहिम मन्दिरको उदघाटन गरेका छन्।
तेजबहादुर तथा गङ्गामाया ओनेम फागोले प्रदान गरेको ५ धुर जमिनमा स्थापित मन्दिर करिब २ लाख लागतमा निर्माण गरिएको गुरु हर्कप्रसाद केरुङ्गले जानकारी दिए ।
स्वास्थ्य ब्यवस्था मिलाउदै कार्यक्रममा प्रसाद ग्रहण र सांस्कृतिक कार्यक्रम रहेको कार्यक्रममा शिक्षासेबी हस्तबहादुर परियार, दलबहादुर मगर, लक्ष्मी धिमाल लगायतले बिश्व नै अशान्तिको चपेटामा गइरहेको यो समयमा शान्तिका लागि सामाजिक कार्यमा लाग्नु सराहनीय भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।