झापा । 

झापाको बिर्तामोड नगरपालिका–४ बाट प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१० का २३ बर्षीय सुदिप ठकुरी, २३ बर्षीया उषा राई र  बुद्धशान्ति गाउँपालिका–४ का २७ बर्षीय पुर्णलाल लिम्वु रहेका छन् ।

हिजो राती ८ बजे बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले शंका लागेर  चेक जाँच गर्ने क्रममा  उनीहरुको साथबाट  ५ ग्राम प्रतिवन्धित लागू औषध ब्राउन सुगर बरामद गरेको हो ।

लागू औधसहित पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।