मोरङ। 

मोरङको रतुवामाई नगरपालिका–९ मा पानी तान्ने ट्युवेलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पूर्व रुकुम घुमे गाउँपालिका–७ का २५ बर्षीय मदन श्रेष्ठ रहेका छन् । हिजो बेलुका ६ बजे रतुवामाई–९ स्थित बक्राहा खोलाको निर्माणाधिन झोलुङ्गे पुलमा काम गर्दै आएका कामदार मदन श्रेष्ठ खोलाको डिलमा गाडेको मोटर जडान भएको पानी तान्ने ट्युवेल चलाउदा करेन्ट लागेर घाईते भएका थिए ।

निजलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाका बिषयमा इलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान गरिरहेका छ ।