झापा ।
६ बर्षअघि बहुबिवाह मुद्दामा फरार रहेका ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापा जिल्ला अदालतको गत २०७२ असार ३० गतेको फैसला अनुसार बहुबिवाह मुद्दामा सजाय भएर फरार दकम–१ का ३३ बर्षिय सुनिल माझीलाई प्रहरीले पक्राउ गरेको हो । फरार माझीलाई एक बर्ष कैद तथा ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो भने उनले राखेको धरौटीबाट ५ हजार रुपैयाँ दाखिला भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको प्रहरीले १ नम्बर प्रदेश प्रहरी बिराटनगरको प्रहरी टोलीसँगको समन्वयमा बिहीवार फरार माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुनसरी धरान –११ पानीटंकीबाट पक्राउ गरी आज फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराईएको प्रहरीले जनाएको छ ।
माझीको पिसिआर परिक्षण गराएर रिपोर्ट नेगेटिभ आएपछि कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाउने पत्र–आदेश भए बमोजिम हाल निज प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।