विराटनगर ।
बैँकिङ् कसुर मुद्धामा फरार रहेका ब्यक्तिलाई प्रहरीले पक्राउ छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहा नगरपालिका वडा नं ४ पाँचकन्याका ३२ बर्षीय बिशाल राई रहेका छन् ।
प्रतिवादी बिशाल राई भएको बैँकिङ् कसुर मुद्धामा सम्मानित उच्च अदालत विराटनगरको मिति २०७८ बैशाष १६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ बर्ष ६ महिना कैद र ३ लाख ५० हजार ७ सय ८३ रुपैयाँ ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास क्रममा पक्राउ गरेको हो । राई गाउँघरमा नै लुकेर बसेको अबस्थामा हिजो पक्राउ गरेको हो ।
पक्राउ परेका राईलाई आज सुनसरी जिल्ला अदालतमा दाखिला गरेको तथा अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।