सुनसरी । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट लागू औषध गाँजा र साईकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  बराहक्षेत्र–३ का  २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका– १ का ३२ बर्षीय नबहाङ  किराती  राई रहेका छन् ।

ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको  क्यु आरटी टोलीले मंगलवार राती चेक जाँचको क्रममा उनीहरुलाई ६ केजी लागू औषध गाँजा र २ वटा साईकलसहित  नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान समेत भईरहेको प्रहरीले जनाएको छ ।