लक्ष्मीपुर । 

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको झापास्थित गौरादह कार्यालयमा केही अराजक ब्यक्तिको समुहले तोडफोड र आगजनी गरेको भन्दै पेशागत बीमा अभिकर्ता संघ नेपालले घोर भत्सना गरेको छ । 

संघले गत आइतवार अराजक ब्यक्तिको समुहले कार्यालयमा कुर्सी, टेवल, नगद, जिन्सीसहित अन्य फर्निचरका सामानमा आगो लगाएको भन्दै  दोषिलाई कडा कारवाही र पिडीतलाई क्षतिपुर्तिको माग समेत गरेको छ । 

कार्यालयमा कार्यरत एजेन्सी मेनेजर तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा समिति गौरादहका अध्यक्ष धिरजकुमार अग्रवालको कार्यालयमा नियोजित रुपमा सघर्ष समितिको नाम लिएर प्रवेश गरेको संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

अग्रवाललाई नभेटेपटि कार्यालय तोडफोड र आगजनी गर्दै उनको ज्यान मार्ने धम्कीसमेत दिएकोले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तीमा छ । 

विज्ञप्तीमा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजेन्द्र अमात्यको हस्ताक्षर गरेका छन् ।