मोरङ । 

मोरङको रतुवामाई नगरपालिका–९ बाट प्रतिबन्धित लागू औषधसहित दुई जनालाई पक्राउ परेका  छन् । पक्राउ पर्नेमा उर्लावारी नगरपालिका–३ का ३६ बर्षीय तारानिधि गुरागाई र ३५ बर्षीय बिदेश लिम्वु रहेका छन् । 

प्रहरी चौकी इटहराको गस्ति टोलीले शंका लागि  मे.२ प ४८०४ नम्वरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडि सवार रहेका लिम्बुको साथबाट नाईटाभेट ४६ पत्ता (६९० चक्की) फेला पारेको थियो ।

प्रतिबन्धित लागू औषध नाईटाभेटसहित पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय सिजुवाले  थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।