सुनसरी । 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर र  बराहक्षेत्र–७ बाङ्गेबाट नियन्त्रित लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

  प्रहरी चौकी प्रकाशपुरको गस्ति टोलीले चेकजाँचको क्रममा बराहक्षेत्र–१० का २१ बर्षीय मिनबहादुर राईको साथबाट स्पाईसनो ९६ टयाब्लेट, नाइट्रोजन ५० टयाब्लेट र डाईजोपाम १६ थानसहित पक्राउ गरेको हो भने प्रहरी चौकी बाङ्गेको गस्ति टोलीले बराहक्षेत्र–७ बाङ्गेका २३ बर्षीय अनिश बिष्टलाई एसपि ९ टयाब्लेट, एमभल्ब १२७ थानसहित पक्राउ गरेको छ ।

पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।