उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–४ स्थित सिद्दिचरण राजमार्गमा बलेरो गाडी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा कटारी–८ का ३८ बर्षीय बिक्रम राना मगर रहेका छन्। हिजो बेलुका ५ बजे कटारीबाट मरुवातर्फ जाँदै गरेको बा. १० च ४१८८ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार रहेका ६ जना घाईते भई कटारी अस्पतालमा उपचार भईरहेकोमा मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
बोलेरो चालक कटारी–८ का प्रेमबहादुर श्रेष्ठ तत्काल फरार रहेकोले खोज तलास तथा दुर्घटना विषयमा इलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।