झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नं. १२ स्थित सहरेडाँगी चोकबाट भञ्सार छलि ल्याइएको मोटर पार्टस्सहित कार र व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको ९ लाख ९२ हजार ८७० रुपैयाँ बराबरको  मोटर पार्टस् र कारसहित ब्यक्तिलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाईएको हो । 

प्रहरी चौकी चारआलीको प्रहरी टोलीले विषेश सुराकीको आधारमा जिल्ला ईलाम सुर्योदय नगरपालीका वडा नं २ बस्ने मनोज खड्काले चलाई ल्याएको बा ४ च ३०९ नं. को वेगनर कारलाई रोकी चेक जाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छली ल्याउदै गरेको कारमा प्रयोग हुने विभिन्न मोटर पार्टस्का सामानसहित पक्राउ गरेको हो ।  नियन्त्रणमा लिएर आवश्यक कारहाहीका लागि सामानसहित ब्यक्ति तथा कारलाई काँकरभिट्टा भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।