गोलधाप । 

झापा हल्दिबारी गाउँपालिका वडा नं. १ ले सामाजिक सुरक्षा भत्ता वितरण मंगलबार (आज)  शुरू गरेको छ। वडा नं–१ का सामाजिक सूरक्षा भत्ता लिइरहेका हरुले आर्थिक बर्ष ०७८÷०७९ को दोश्रो त्रैमासिकको कार्तिक, मंसिर र पौष महिनाको सूरक्षा भत्ता गोलधाप बजारको  एक्सेल डेभलपमेन्ट बैंकबाट वितरण शुरु भएको हो । 

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ कोरना भाईरसको कारण सामाजिक दुरी कायम गर्न र भिडभाड कम गर्न माघ ४ गते मंगलबारदेखि १२ गते बुधबार सम्म साबिक वडाहरूको आधारमा वितरण गरिने वडा नं.१ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।

उनका अनुसार सामाजिक सुरक्षा भत्ता लिनका लागि सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र, बैंक चेक र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिएर  आफ्नो साबिकका वडाका आधारमा बैंक मार्फत लिन सकिने छ। साबिक गोलधाप गाबिस वडा नं.१ र ३ को लागि ४ र ५ गते बिहान १० बजेदेखि  २ बजेसम्म त्यस्तै वडा नं. ४, ५, ६ को लागि ६ र ७ गते यसैगरी वडा नं.७ र ८ को ९ र १०गते र वडा नं. २ र ९ को ११ र १२ गते वितरण हुने उनले बताए।

 हल्दिबारी २ देखि ५ नं. वडामा भोलीदेखि  शुरु 

यसैगरी हल्दिबारी गाउँपालिका वडा नं. २, ३, ४ र ५ को सामाजिक सुरक्षा भत्ता वितरण भोली बुधबारबाट शुरू हुने भएको छ।सामाजिक सूरक्षा भत्ता लिरहेका लाभग्राहीहरूले आ. व. ०७८÷०७९ को दोश्रो त्रैमासिक कार्तिक, मंसिर र पौष महिनाको सूरक्षा भत्ता मंगलबारे बजारमा रहेको सिटिजन बैंक शाखा कार्यालयबाट वितरण हुदैछ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड १९कोरना भाईरसको कारण सामाजिक दुरी कायम गर्न र भिडभाड कम गर्न माघ ५ गते बुधबार  देखि १७ गते सोमवारसम्म वडागत आधारमा भक्ता वितरण गरिने वडा नं. ४ का वडा अध्यक्ष होम चुडालले बताए ।

उनका अनुसार सामाजिक सुरक्षा भत्ता लिनका लागि सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र,बैंक चेक र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी लिई आफ्नो वडाका आधारमा मितिगत रूपमा बैंक मार्फत लिन सकिने छ। 

५ गते वडा नं.४ का सबै बृद्वहरूको लागि मात्र, ६ गते वडा नं. ४ कै बृद्व र अशक्तका लागि, ७ र ९ गते वडा नं. ४ कै लोपोन्मुख मेचे समुदायलाई वितरण गरिने छ। त्यसैगरी वडा नं.२ को वृद्धहरूलाई १० गते ,११ गते वडा नं. २ कै अशक्त र एकल महिलाहरूलाई र १२ गते वडा नं. २ को लोपोन्मुख मेचे समुदायलाई वितरण हुनेछ। त्यस्तै वडा नं. ३ को बृद्वका लागि १३ गते ,वडा नं. ३ का असक्तका लागि १४ गते र वडा नं. ३ को लोपोन्मुख मेचे समुदायलाई १५ गते वितरण हुदै छ। वडा नं. ५ का बृद्वका लागि १७ गते, वडा नं. ५ का बृद्व र अशक्तलाई १८ गते र वडा नं. ५ का लोपोन्मुख मेचे समुदायलाई १९गते बितरण हुने उनले जानकारी दिए।