जलथल ।
जलथल स्वास्थ्य चौकी हल्दिबारी –४ बडाबारीमा परिवार नियोजन स्थायी बन्ध्याकरण निःशुल्क घुम्ती सेवा शिविर सञ्चालन हुने भएको छ ।
सन्तानको रहर पुगेका हल्दिबारी गाउँपालिका क्षेत्रभित्र रहेका परिवार नियोजनको स्थायी बन्ध्याकरण गर्न चाहने दम्पतीलाई लक्षित गर्दै जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुर झापाको सहयोगमा शिविर सञ्चालन हुन लागेको हो ।
माघ १४ र १५ गते बिहान १० बजेदेखि स्थायी बन्ध्यकरण शिबिर पुरूषको लागि भ्यासेक्टोमी र महिलाको लागि मिनिल्याप हुने जलथल स्वास्थचौकी प्रमुख राम प्रसाद ढकालले जानकारी दिए। गाउँपालिका भित्रका ईच्छुक दम्पतीले सेवा लिन सक्ने उनले बताएका छन्।


















