मोरङ ।
मोरङको रतुवामाई नगरपालिका–९ भौडाबाट अबैध औषधीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका–६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया रसुनबर्शी–७ का ३० बर्षीय कार्तिक चन्ददास रहेका छन् ।
बिशेष सूचनाको आधारमा आज बिहान साँढे ९ बजे प्रहरी चौकी ईटहराको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई चेकजाँच गर्ने क्रममा अबैध औषधी २० हजार ट्याब्लेट बरामद गरेको हो ।
अबैध औषधीसहित पक्राउ परेका उनीहरुलाई थप अनुसान्धानको लागी औषधी ब्यबस्था बिभाग बिराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।