सुनसरी ।
सुनसरीको बर्जु गाउँपालिका–५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजासहित तीन जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको कटहरिया–१० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज महलदार र कटहरिया–१९ का ५० बर्षीय जितेन्द्र राय रहेका छन् । केही ब्यक्तिहरुले गाँजाको ओसार पसार गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० केजी गाँजासहित पक्राउ गरेको हो ।
लागू औषधसहित पक्राउ परेका उनीहरुको प्रहरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।