झापा ।
झापाको हल्दिबारी गाउँपालिका वडा नं. ४ शान्तिचोकस्थित सनातन धर्म सेवा समिति किराँतेश्वर शिव मन्दिर परिसरमा स्कन्द महापुराण नवाह ज्ञान महायज्ञको शनिबार (आज) उद्धघाटन भएको छ।
२४औं बार्षिकोत्सब तथा महापुराणको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा मानव धर्म सेवा समिति मेची अञ्चल प्रमुख सुवर्ण वाईले गरेका थिए । बिशिस्ट कार्यक्रममा सनातन धर्म सेवा समिति जिल्ला शाखा झापा सचिब लक्ष्मीप्रसाद दंगाल, हल्दिबारी गाउँ कार्यपालिका सदस्य गितादेबी भण्डारी, टेकबहादुर खड्का, अशोक सूब्वा, रामचन्द्र उप्रेती, कृपानन्द उप्रेतीलगायतको उपस्थिति रहेको थियो । पुराण आयोजक समितिका अध्यक्ष शैलेन्द्र सिटौलाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत भिमनारायण ढकालले गरेका थिए भने सञ्चालन पण्डित सोमनाथ सुबेदीले गरेका थिए।
किराँतेश्वर संस्कृत गुरूकुलको उचित ब्यवस्थापन, सञ्चालन तथा गुरु कुलमा अध्ययनरत बिधार्थीहरूको भरणपोषणलगायतको ब्यवस्था गर्ने उद्वेश्यले हरेक वर्षझै यसवर्ष पनि माघ १ गतेदेखि माघ ९ गतेसम्म नवदिबशिय स्वस्थानी माताको महिमाले ओतप्रोत भएको स्कन्द महापुराण धन धान्याञ्चल ज्ञान महायज्ञ अन्तरास्ट्रिय कथा बाचक राधे राधे परिवारका संस्थापक प्रबक्ता घनश्याम खनालले कथा प्रबचन गर्दैछन् । अन्य बिद्वानबाट सतचण्डी पाठ, रूद्राभिषेक, हवन कार्यक्रम सञ्चालन हुने आयोजक समितिले जनाएको छ ।