मेचीनगर । 

मेचीनगर –११ वडा कार्यालयस्थित मगली चोकको अगाडि रहेको एघार हजार भोल्डको नीनवटा  खम्बा गत १७ गते रातारात सारिएको छ ।

घरको नजिक खम्बाहरु सार्नलाई पटक–पटक निवेदन दिदा पनि बिधुत प्राधिकरणले नसार्दा घरै भत्काउनु परेको भन्दै स्थानीय बासीले वरपर कुनै जानकारी नै नगरी सारिएकोमा जग्गाधनी र धुलाबारी शाखा प्रमुखको लेनदेनमा मिलोमतो रहेको जन गुनासो आएको हो ।

सम्बन्धित जग्गा वालाले निवेदन दिएर अनुगमन गरेपछि सम्बन्धित शाखाले क्षेत्रमा टिप्पणी बुझाएर क्षेत्रले केन्द्रमा स्वीकृत लिएपछि लाग्ने दस्तुर जग्गा धनिले जम्मा गरेपछि मात्र सार्ने प्रावधान रहेको प्राधिकरणका एक कर्मचारीले बताए । 

 स्थानीय राजवशीको प्लटिङ्ग गर्न लागेको जमिन धुलाबारी शाखा प्रमुख नव किशोर गोहितले कुनै प्रक्रिया नै नचलाई आफू खुसी गरेको र पोल सार्ने बेलामा अरुलार्र्इ कार्य बाहक प्रमुख बनार्इ आफू बिदामा बसेको खुल्न आएको छ ।