मोरङ । 

मोरङको लेटाङ नगरपालिका –९ बसन्त हरियाली सामुदायिक बनबाट भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका –५ का ६० बर्षीय ईन्द्रबहादुर राई रहेका छन् ।

शुक्रवार अस्थाई प्रहरी चौकी जाँतेको प्रहरी टोलीले राईलाई भरुवा बन्दुक बोकी हिडीरहेको अबस्थामा फेला पारेको हो । उनको साथबाट प्रहरीले लोड भएको भरुवा बन्दुक–३  नाल, बारुद–२ डब्बा, गोली –१८ थान, छर्रा–५ पोका, खुकुरी–१ थान, गेटिस (गुलेली)–१ थान बरामद गरेको छ ।

पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय लेटाङले थप अनुसन्धान गरिरहेको छ ।