झापा ।
झापाको दमक नगरपालिका २ हुम्से–दुम्से सामुदायिक बन स्थित चेकिङको क्रममा गाँजा र चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाउँपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९ बर्षीय नुवसन मुखिया रहेका छन् । शुक्रवार (आज) बिहान ४ बजे प्रहरी चौकी बागखोरको प्रहरी टोलीले उनीहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो ।
लागुऔषध फेला परे पश्चात उनीहरु सवार रहेको मोटरसाईकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।