विराटनगर । 

झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विहीवार राती  ९ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका– ३ बेलडाँगी शिबिरबाट २३ बर्षीय राजन तामाङलाई ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो ।

यसैगरी हिजै मोरङको बिराटनगर महानगरपालिका –१५ स्थित १ नम्बर ढाटबाट लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका ७ का १९ बर्षीय कुशल बराईलीलाई लागूऔषध लुपिजेसिक १३ एम्पुल ,डाईजाल्याब १३ एम्पुल, एभिल १३ एम्पुल र  फेनारगन १० एम्पुल सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका दुवैको थप अनुसन्धान अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।