झापा ।
झापाको भद्रपुर नगरपालिका–४ स्थितमा मोटरसाईकलको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–४ का ७७ बर्षीय जगतबहादुर कार्की रहेका छन् ।
बिहीवार वेलुका ७ बजे मे.१० प ४४१९ नम्वरको मोटरसाईकलले ठक्कर दिदा घाईते भएका कार्कीको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न मोटरसाईकल र चालक कचनकवल गाउपालिका–७ का माधव राजवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।