बिराटनगर ।
मोरङ र सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा बुधवार राती भएको सवारी दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । मोरङको उर्लावारी नगरपालिका–७ मा बुधवार राती पौने ८ बजे भेन र मोटरसाईकल एक आपसमा ठोक्किएर भएको दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको हो ।
पुर्व पश्चिम राजमार्गमा पश्चिमवाट पूर्वतर्फ आउदै गरेको को १ च ३६४४ नम्बरको भेन र बिपरीत दिशा तर्फ जादै गरेको ना १३ प ७६३२ नम्बरको मोटरसाईकल एक आपसमा ठक्किर दुर्घट्ना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानीय २१ बर्षीय पवन लिम्बुको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।
यसैगरी सुनसरीको कोशी गाउँपालिका–३ को भित्री सडक खण्डमा ट्याक्टरको ट्रलीले किचेर एक जनाको मृत्यु छ । बुधवार साँझ ६ बजे उखु लोड गरी डोरीले बाध्ने क्रममा एक्कासी ट्याक्टरको ट्रली पल्टेर किच्दा स्थानीय ४० बर्षीय कुमार उरावको घटनास्थलमै मृत्यु भएको हो । दुबै घटना बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


















