जलथल । 

झापाको  हल्दिवारी गाउँपालिका वडा नम्बर ३ ले आर्थिक बर्ष २०७८/७९ को बजेट मार्फत छुट्याएको कृषि यान्त्रीकरण (औजार)  किसानलाई प्रदान गर्न शुरू गरेको छ ।

३ नं. वडा कार्यालय र किसानको ५०÷५० लागत साझेदारी कार्यक्रम अन्तर्गत कुटि काट्ने मिसिन ४२ जना, मकै छोडाउने मिसिन १७ जना, बिधुतिय स्प्रे ट्याङ्की १५ जना, मकै रोप्ने मिसिन ६ थान र धान काट्ने मिसिन (ग्रास कटर ) ४ जनालाई वडा कार्यालयमा निबेदनका साथ लागतको ५० प्रतिशत रकम बुझाएका किसानहरूलाई बितरण गर्न थालिएको हो ।

वडा सचिव राजन खतिवडाका अनुसार सामाग्रीको लागतको ५० प्रतिशत अर्थात्  कुटिकाट्ने मिसिन (चाप कटर) मा १४ हजार, मकै छोडाउने मिसिनमा ९ हजारका, स्प्रे ट्याङ्कीमा २ हजार ६ सय, धान काट्ने मिसिनमा ९ हजार  र मकै रोप्ने मिसिनमा २ हजार एकसय रुपैयाँका दरले किसानलाई वडाले अनुदान सहयोग गरी सामाग्री हस्तान्तरण गरेको हो ।  

कोरोना माहामारीका कारण अनौपचारिक रूपमै बितरण शुरू गरेको वडा कार्यालयले हालसम्म कुटी काट्ने मिसिन (चाप कटर) बाहेकका कृषि सामाग्री बितरण गर्न शुरू गरिएको र बाँकी रहेको कुटी काट्ने मिसिन (चाप कटर) केहि दिनपछि सम्बन्धि किसानलाई फोन गरि वडा कार्यालयमा लिन बोलाई वितरण गरिने वडा सचिव एवम् सूचना अधिकारी  खतिवडाले बताए।