सुनसरी ।
सुनसरीको ईटहरी उप–महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानबाट लागुऔषध ट्याब्लेटको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुहको प्रहरी टोलीले सिराहाको लाहान नगरपालिका–१ का ४८ बर्षिय डोमा मण्डललाई पक्राउ गरेको हो ।
मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका मण्डलको बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।