मोरङ । 

मोरङको रतुवामाई नगरपालिका–३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित एकजना  महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानबाट लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका–५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्ससहित पक्राउ गरेको हो ।

  घटनाको बिषयमा  प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।