सुनसरी ।
सुनसरीको रामधुनी नगरपालिका–७ मा ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुनसरी रामधुनी–७ का २५ बर्षीय उमेश चौधरी रहेका छन । सेउती खोलामा को.२त ७६०४ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा इन्जिनको भागले किचि गम्भिर घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।
घटना बिषयमा इलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।