अर्जुनधारा । 

झापाको अर्जुनधारा नगरपालिकाको  ज्येष्ठ नागरिक सामुदायिक मिलन समाजले उत्कृष्ठ बुहारीहरुलाई सम्मान गरेको छ । नगरका प्रत्येक वडाका एक/एक जना उत्कृष्ट बुहारी छनौट गरी समाजले नगदसहित सम्मान गरेको हो । 

पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीको अवसरमा मंगलवार शनिश्चरे बजारको ज्येष्ठ चैतारीमा ११ जना बुहारीलाई सम्मान गरेको हो । 

buhari s

सम्मानीत हुने बुहारीमा अर्जुनधारा –१ बाट बिमला तिम्सिना, वडा नम्बर २ बाट भिमकला खतिवडा, वडा नम्बर ३ बाट रमादेवी खतिवडा, वडा नम्बर ४ बाट गिता कार्की, वडा नम्बर ५ बाट पार्वता खतिवडा, वडा नम्बर ६ बाट उमादेवी भट्ट, वडा नम्बर  ७ बाट मनमाया आले मगर, वडा नम्बर ८ बाट विन्दा दाहाल घिमिरे, वडा नम्बर ९ बाट गोमा भटराई, वडा नम्बर १० बाट मिना श्रेष्ठ र वडा नम्बर ११ बाट यमुना बस्कोटा घिमिरेलाई सम्मान गरेको छ । 

समाजका अध्यक्ष रामप्रसाद भटराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्य रहेको थियो भने नगर प्रमुख राना, नगर उपप्रमुख कमला खतिवडा पूर्व मन्त्री विरमणी ढकाल लगायतले सम्मान तथा शुभकामना मन्तव्य राखेका थिए । 

समाजका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद इङ्नामले स्वागत गरेको कार्यक्रमलाई सह–सचिव कृष्ण पौडेलले सञ्चालन गरेका थिए ।