बाह्रदशी ।

बाह्रदशी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएको छ । गत पुस ८ गतेबाट शुरु भएको गाउँसभाले विभिन्न योजनाहरु छनौट र पारित गर्दै गाउँसभा सम्पन्न भएको हो ।

प्रदेश १ का सांसद पूर्णसिहं राजवंशीले उद्घाटन गरेको गाउँसभा झण्डै तीन सातासम्म सञ्चालनमा थियो । गाउँसभा समापनको अवसर पारेर  गाउँपालिकामा कार्यरत उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको थियो ।

सम्मानित हुने कर्मचारीहरुमा बाह्रदशी गाउँपालिका योजना तथा प्रशासकयि अधिकृत तेजप्रसाद रेग्मी, स्वास्थ्य शाखा प्रमुख राम कुमार साह, आयुर्वेद शाखा प्रमुख जटाशंकर झा, सहायक महिला विकास निरीक्षण्क तथा योजना शाखाकी कर्मचारी समिक्षा ढकाल, घोडामारा आधारभूत स्वास्थ्य चौकीकी अनमी योगमाया गौतम रहेका छन् ।

उनीहरुलाई गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाई संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेका थिए ।