बिर्तामोड ।
बिर्तामोड उद्योग बाणिज्य संघसहित झापाका ३० बढी संघ/संस्थाले झापाका प्रहरी उपरिक्षक सानुराम भट्टराईलाई सम्मान तथा बिदाई गरेका छन् ।
झापाको बिर्तामोडमा मंगलवार सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गर्दै प्रहरी उपरिक्षक भट्टराईलाई सम्मानसहित विदाई गरिएको हो । प्रहरी उपरिक्षक भट्टराईको काठमाडौ सरुवा भएको हो ।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षतामा भएको सम्मान तथा विदाई कार्यक्रममा एकका लागि एक अभियान परिकल्पनाकार तथा संयोजक महेन्द्रकुमार गिरीको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत गार्खा फाउण्डेशनका सञ्चालक विरु दर्नालले गरेको कार्यक्रममा झापाका ३० बढि संघ/संस्थाको प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन टोटरी क्लव बिर्तामोड मिडटाउनका प्रेसिडेण्ट दिनेशकुमार पाखरेलले गरेका थिए ।