बिर्तामोड । 

पूर्व महान्यायधिवक्ता अग्निप्रसाद खरेलले समाचारमा सत्यतथ्य हुनु पर्नेमा जोड दिएका छन् । कुनैपनि पत्रकारले समाचार लेख्दा सम्बन्धित सवैको कुरा राखेर समाचार लेख्न सुझाव दिएका हुन् । समाचारले कसैको जीवनमा असर पुग्ने भएकाले तथ्यपरक समाचार लेख्न सुझाव दिएका छन् । 

पछिल्लो समय धेरै युट्वले सामान्य घर झगडालाई समेत समाचार बनाएर उनीहरुको सानो समस्यालाई अझ जटिल बनाएको बताउँदै त्यस्ता गतिविधि रोक्नु पर्नेमा उनको जोड थियो । 

झापाको बिर्तामोडमा मंगलवार साझा मञ्च मिडिया प्रालिद्धारा आयोजित अन्तरसम्वाद तथा सम्मान कार्यक्रमममा बोल्दै महान्यायधिवक्ता खरेलले कसैको जीवनमा हानी पुग्नेखालका समाचार नलेख्न आग्रह गरेका हुन् ।

प्रालि नवौ बर्ष प्रवेश तथा साझा सहकारी मञ्च प्रशारणको १०० औं शृङ्खला पुरा गरेको अवसरमा प्रालिलाई सहयोग गर्ने विभिन्न संघ÷संस्था तथा सहकारी अभियन्ताहरुलाई सम्मानसमेत गरेको थियो । 

प्रालिलाई सहयोग गर्ने नेपाल बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामचन्द्र उप्रेती, साहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्र गिरी, कर्णाली सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठ, संजिवनी सहकारीका अध्यक्ष यामकुमार चुडाल, सिम्रीक सहकारीका विभागीय प्रमुख मिनबहादुर अधिकारी, सतासी सहकारीका अध्यक्ष रुद्रमणि श्रेष्ठ र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीलाई सम्मान गरेको थियो । 

प्रालिका अध्यक्ष एकराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा महान्यायधिवक्ता खरेलको प्रमुख आतिथ्य रहेको थियो । स्वागत प्रालिका उपाध्यक्ष खड्गप्रसाद दाहालले गरेको कार्यक्रममा सम्मानीत ब्यक्तित्व रामचन्द्र उप्रेती, मनोज उप्रेती, जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका उपप्रमुख पवित्रा महतरा प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्चालन प्रालिका प्रधान सम्पादगोपाल काफ्लेले गरेका थिए ।

कार्यक्रममा प्रालिका सञ्चालक सुवास भट्टराई, प्रदेश सहकारी संघका सचिव भवानीप्रसाद दंगाल,  गरामनी कृषि सहकारीका अध्यक्ष ताराप्रसाद चापागाई, शिक्षा सहकारीका अध्यक्ष सुब्रत न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।