मोरङ । 

मोरङको धनपालथान गाउँपालिका–२ बाट लागूऔषध गाँजा ३ केजी १०५ ग्रामसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनपालथान–२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान–१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई  पक्राउ गरेको हो । उनीहरुको साथबाट अवैध लागुऔषध गाँजा ३ केजी १०५ ग्राम, नगद २० हजार ५ सय रुपैयाँ र प्रदेश १–०२०–०४५ प २६९९ नंम्बरको मोटरसाईकल बरामद  भएको थियो ।

अवैध लागूऔषध गाँजासहित पक्राउ परेका तीनै जनालाई मोरङ जिल्ला अदालतबाट लागूऔषध कसूरमा म्याद थप गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।