बिर्तामोड ।
बिर्तामोड नगरपालिकाले प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद दाहालसहित ३ जना कर्मचारीको विदाई गरेको छ । नगरपालिकाको कार्यालयले सोमबार कार्यक्रमका गर्दै बिर्तामोडबाट पाँचथरको फिदीम नगरपालिका सरुवा भएका प्रमुख प्रशासकिय अधिकृत दाहाल, सेवा निवृत भएका शाखा अधिकृत देवराज कार्की र स्वास्थ्य सेवाबाट निवृत भएकी सिनियर अनमि रितादेवि दाहाललाई सम्मानसहित विदाई गरेको हो ।
विदाई हुने कर्मचारीहरुलाई नगरप्रमुख धु्रवकुमार शिवाकोटी र उपप्रमुख पवित्रादेवि महातारा प्रसाईले दोसल्लाह ओढाएर सम्मान पत्र तथा मायाको चिनो प्रदानगरेका थिए । यस्तै विभिन्न वडाका वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारीहरुले खादा तथा माला र अविर लगाएर विदाई गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत दाहालले बिर्तामोडमा जनप्रतिनिधि र कर्मचारी विचको सन्तुलन राम्रो रहेको उल्लेख गरे। आफुले २०६१ सादेखि स्थानिय तहमा काम गर्दै आएको बताउँदै अन्य पालिका भन्दा बिर्तामोड पृथक रहेको बताए ।
कार्यक्रममा वडानम्बर ६ का वडाध्यक्ष सुर्यप्रसाद कन्दङ्गवा र वडा नम्बर १० कि वडाध्यक्ष पवित्रा पाठकले शुभकामना मन्तव्य राखेका थिए । नगरप्रुमख ध्रुवकुमार शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले स्वागत तथा वरिष्ठ योजना अधिकृत जय तिम्सिनाले सञ्चालन गरेका थिए ।