झापा ।
मिडिया एक्सन नेपालको आयोजनामा आजबाट प्रदेश स्तरीय लैङ्गिक संवेदनशील पत्रकारिता तालिममा शुरु भएको छ । प्रदेश–१ का झापासहित इलाम, पाँचथर,मोरङ, सुनसरी, धनकुटा, भोजपुर,तेह्रथुमका पत्रकारहरुको सहभागिता रहेको मिडिया एक्सन नेपालका प्रदेश संयोजक नरेन्द्र ढकालले जानकारी दिए ।
मिडिया एक्सान नेपालका अध्यक्ष एवम् सञ्चार विज्ञ लक्ष्मणदत्त पन्तले मिडियामा महिलाको सहभागिता, समाचारमा हुनुपर्ने लैङ्गिक समानता, समाचारका स्रोतमा महिलाको सहभागिता, महिलाका सफलताका विषय वस्तुको प्रधानता लगायतका विषयमा पत्रकारले खेल्नुपर्ने भूमिकाको विषयमा प्रशिक्षण दिइका छन् । दुई दिनसम्म सञ्चालन हुने तालिममा महिलाका सवाललाई सञ्चारमाध्यमले उठान गर्नुपर्ने विषयलाई प्राथमिकता दिइएको छ ।
दुई वटा सेसनमा सञ्चालन भएको तालिममा डा। समिक्षा कोइरालाले महिलका सवालमा सञ्चारमाध्यहरुले उठान गर्नुपर्ने विषयमा प्रशिक्षण दिइकी थिइन् । उनले पिडितका विषयभन्दा पनि पिडकका विषयलाई सञ्चारमाध्यमले उठान गरेर पिडितलाई न्याय दिलाउने विषयमा भूमिका खेल्नुपर्ने बताइन् । सञ्चारमाध्यमहरु अझैपनि महिला मैत्री बन्न नसक्दा कतिपय विषयहरु ओझेलमा परेको डा। कोइरालाले बताइन् ।
मिडिया एक्सन नेपालले महिला शसक्तिकरणका क्षेत्रमा महिला पत्रकारलाई अब्बल बनाउदैं महिलाका हरेक विषयलाई उठान गर्ने हेतुले प्रदेश स्तरीय तालिमको आयोजना गरेको हो । सञ्चार माध्यममा महिलाको सहभागिताको विषयलाई लिएर गत शुक्रबार मात्रै हाते पुस्तक सार्वजनिक गरेको मिडिया एक्सन नेपालले सात वटै प्रदेश सहित काठमाण्डौं उपत्यकामा गरी १४० जना पत्रकारलाई लैङ्गिक संवेदनशील पत्रकारिता तालिम दिन शुरु गरेको हो ।
प्रदेश–१ बाट छनौट २० जना पत्रकार छनोट भएका छन् । छनौट भएका पत्रकारहरु मध्ये उत्कृष्ट तीन जना पत्रकारले फेलोसिप प्राप्त गर्ने बताइएको छ । पहिलो चरणको तालिलम सकिए लगत्तै एक महिनापछि पत्रकारले सिकेका ज्ञानको प्रयोग र उपलब्धताका लागी दोस्रो चरणको तालिम गरेर तालिम सम्पन्न हुने मिडिया एक्सन नेपालले जानकाएको छ ।