बिर्तामोड ।
झापा हल्दिबारी गाउँपालिकाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । राष्ट्र निर्माण पृथ्वी नारायणी शाहको जन्मदिनको अवसर पारेर पुस २७ गते पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवसको रुपमा मनाउनका लागि पालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
स्थानिय सरकार हल्दिबारी गाउँपालिकाले पृथ्वी जयन्ती धुमधामका साथ मनाउने भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
पृथ्वी जयन्तीका अवसरमा कार्यपालिकाका कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था बन्द रहने पालिका अध्यक्ष रबिन्द्र लिङ्देनले बताए ।