जलथल । 

झापाको हल्दिबारीमा बेमौसमी हावाहुरी तथा वर्षाको कारण धान बालीमा भएको क्षेतिको राहात वितरणका लागि आवश्यक कागजात संकलन सुरु भएको छ। 

हल्दिबारी गाउँपालिकाले गत कार्तिक महिनामा बेमौसमी बर्षाको कारण धान लगायत अन्नबालीमा पुगेको क्षतिको कृषकलाई राहत उपलब्ध  गराउन कागजात संकलन सुरु भएको हो । 

गाउँपालिकाले मापदण्ड २०७८ को दफा ४ को उपदफा (६०) बमोजिम वडा कार्यालयहरू मार्फत राहतका लागि कृषकको नामावली सार्वजनिक गरेको थियो । 

 वडागत विवरणमा मापदण्ड बमोजिम पाउनु पर्ने भन्दाबढी राहात पाउनु पर्ने उद्वेश्यले क्षेत्रफल फरक परेको धान बालीमा पुगेको क्षतिको विवरण यथार्थ भन्दाबढी उल्लेख भएको वा जग्गाको स्वामित्व रहेको क्षेत्रफल तथा अन्य विवरण फरक भएमा वडाले जारीको गरेको सूचिको मितिले ७ दिनभित्र आधार र प्रमाणसहित वडा कार्यालयमा उजुरी दिन आव्हान गरेको छ।

बेमौसमी वर्षाको कारण धान बालीमा क्षति पुगेको किसानलाई राहत उपलब्ध गराउन  गत कार्तिक महिनामा संकलन गरिएको तथ्यांक सबै वडा कार्यालयहरूमा प्रकाशित गरेको छ।

उक्त नामावलीमा नाम भएका कृषकले आ–आफ्नो वडा कार्यालयमा गएर  कृषकको नागरिकको प्रतिलिपी र क्षति भएको जग्गाको जग्गाधनी पुर्जाको प्रतिलिपी सम्वधित वडा कार्यालयमा पेश गर्न आग्रह गरेको हो ।  आफ्नो जग्गा नहुने र अर्को जग्गामा अदिया, ठेक्का  गर्ने कृषकको हकमा भने सम्बन्धि वडाको सहयोगमा विवरणको जानकारी उपलब्ध गराउन सकिने कृषि बिकास शाखाकी सानुमाया श्रेष्ठले जानकारी दिइन् ।