झापा । 

झापा मेचीनगर नगरपालिका –१० स्थित धुलावारीबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१० का ३२ बर्षिय विक्रम प्रसाई र मेचीनगर–९ का ४४ बर्षिय संजय खड्का रहेका छन् ।

विक्रम प्रसाईको घरको भान्सा कोठामा प्रहरीले खोजतलास गर्दा मोबाइलको डब्बामा प्लाष्टिकको पोका भित्र प्रतिवन्धित लागू औषध ब्राउन सुगर ५ ग्राम,  सानो डिजिटल तराजु एउटा र प्रसाईको साथवाट नेपाली रुपैयाँ १९ हजार ५ सयसहित  बरामद गरी दुबै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले आइतवार बेलुका नियन्त्रणमा लिएको हो ।  नियन्त्रणपछि दुवैजनालाई ईप्रका धुलाबारी ल्याएर आवश्यक अनुसन्धान भईरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी कानुनी प्रकृया अगाडी बढाईने प्रहरीले जनाएको छ ।