बिर्तामोड ।
चिसो मौसम बढेसँगै सडक दुर्घटना नियन्त्रण गर्न बिर्तामोडका सडकमा होडिङ बोर्ड राख्न थालिएको छ। रास्ट्रिय युवा परिषद जिल्ला युवा समिति झापा र पुर्वेली यातायात मजदुर प्राली तथा बिर्तामोड नगरपालिकाको सहयोगमा संभावित दुर्घटना हुने स्थानमा होडिङ्ग बोड राखिएको अध्यक्ष मदन बुढाथोकीले बताए ।
आइतवार (आज) बिर्तामोड– ३ स्थित बिर्ताबजार प्रहरी चौकी परिसरमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिका उप–प्रमुख पबित्रा महतरा प्रसाईं, एमाले नगर कमिटी अध्यक्ष सुवास भट्टराई पुर्वेलीका अध्यक्ष हरि बास्कोटा सचिव गणेश कोईराला र सामाजिक युवा कैलाश प्रसाईको उपस्थितमा सो सामाग्री हस्तान्तरण गरिएको हो ।
सवारीको चाप र बाक्लो हुस्सुले दुर्घटनाको जोखिम बड्न थालेको छ । यसलाई केही हदसम्म भएपनि न्यूनीकरण गर्न अट्टो चालकलाई तालीम दिइएको र विभिन्न रचनात्मक गतिविधिलाई सरोकारवाला स्थानीय संघ/संस्थासँग समन्वय गरी कार्यक्रम गरिएको पुर्वेलीका सचिव गणेश कोइरालाले बताए ।