सुनसरी । 

सुनसरीको ईटहरी उपमहानगरपालिका –४ भित्रि सडक खण्ड डिबिएम बोडिङ छेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी  उपमहानगरपालिका –६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भिर घाईते भएका थिए । उनको उपचारको लागि धरान घोपा पुर्याउन साथ मृत्यु भएको हो ।

घटनाको बिषयमा प्रहरीबाट  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।