सताक्षी ।

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल झापा र श्रीकृष्ण प्रणामी बाइजूराज महिला समिति झापाले शनिबार झापाको धार्मिकस्थल सताक्षीधाममा बृहत रुपमा ‘श्रीकृष्ण प्रेमभोज’ आयोजना गरेको छ ।

बाइजूराज महिला समिति झापाकी अध्यक्ष मीरा अधिकारी ओलीको अध्यक्षतामा आयोजित  कार्यक्रमका प्रमुख अतिथि गोपिधाम धरानका गाधीपति जगतनन्दन महाराजज्यूको आशिरबचन तथा विशिष्ट अतिथिको रुपमा गौलोक गोवद्र्धनधामका संरक्षक आचार्य श्री नन्दकिशोर भारद्वाजज्यूको प्रवचन रहेको थियो ।

युवा परिषद झापाका अध्यक्ष टहलदास ओलीले स्वागत गरेको कार्यक्रममा सेवा समिति नेपालका सल्लाहकार चरणप्रसाद ढुंगाना, सत्संग परिषद झापाका उपाध्यक्ष बिष्णु प्रसाई, युवा परिषद झापाका संस्थापक अध्यक्ष प्रजापति कोइराला, पूर्व अध्यक्ष युवराज संग्रौला, युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष टंक ओझा, केन्द्रीय उप–महासचिव सुभाष रिजाल, सदस्य मदन अधिकारी, १ नं प्रदेश अध्यक्ष अनिल ढुंगाना, उपाध्यक्ष खगेन्द्र बाँस्तोला, बाइजुराज १ नं प्रदेश संयोजक गंगा घिमिरे, झापाकी निवर्तमान अध्यक्ष प्रेमकुमारी भट्टराईलगायत छिमेकी जिल्ला इलाम, मोरङ र सुनसरी जिल्लाका अध्यक्षलगायत प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

झापा जिल्लाअन्तर्गतका ३४ वटा इकाईमा रहेको मन्दिर समिति, युवा परिषद तथा बाइजुराज अध्यक्षहरु लगायत पदाधिकारी र सदस्यहरुका साथै पाँचसय बढी सुन्दरसाथहरुको सहभागिता थियो । सुन्दरसाथहरुबीच प्रेमको सन्देश आदान–प्रदान गर्ने उद्देश्यले ‘प्रेमभोज’ आयोजना गरिएको युवा परिषद झापाका अध्यक्ष ओलीले बताए ।