बिर्तामोड । 

बगाले श्रेष्ठ वंशावली समितिको चौथो अधिवेशनबाट अध्यक्षमा दिनेश श्रेष्ठ सर्वसम्मत् चयन भएका छन् । झापाको बिर्तामोडमा शनिवार भएको अधिवेशनले चौथो कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । 

नव गठित समितिको उपाध्यक्षमा जीवन श्रेष्ठ, सचिवमा हेमकुमार श्रेष्ठ, सह–सचिवमा खेम श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सदस्यमा कुशल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, केदार श्रेष्ठ, खगेन्द्र श्रेष्ठ उमा श्रष्ठ र ज्ञानमणी श्रेष्ठ चयन भएका छन् । 

समितिका अध्यक्ष दिनेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष गंगाबहादुर श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा नेवाः मिसा पुचः बिर्तामोडकी अध्यक्ष निलम प्रधान, केन्द्रिय सदस्य जीवन श्रेष्ठ, नेवाः मिसा दवुः झापा अध्यक्ष तिलरुपा श्रेष्ठ, नेपाल आदिवासी जनजाती महासंघ अध्यक्ष भरत श्रेष्ठ, नेवाः देय दवुः केन्द्रीय उपाध्यक्ष कृष्ण उदासलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रममा महानार्थ सदस्यका रुपमा इलामका पुर्णचन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो भने १० जना जेष्ठ सदस्यलाई पनि सम्मान गरिएको देवेन्द्र श्रेष्ठले जानकारी दिए ।  

स्वागत झापा उपाध्यक्ष जीवनकुमार श्रेष्ठले गरेको कार्यक्रमलाई सञ्चालन सह–सचिव खेम श्रेष्ठले गरेका थिए । कार्यक्रमको संयोजक लक्ष्मी श्रेष्ठ रहेकी थिइन् ।