झापा । 

झापाको मेचीनगर नगरपालिका –६ मेचि भन्सार कार्यालयको गेट अगाडीबाट लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फागुनन्द गाउँपालिका –३ गुफाडाँडाका २६ बर्षीय राकेश तामाङ रहेका छन् ।

शनिवार (आज) दिनको पौने ३ बजे जिल्ला प्रहरी कार्यालय झापा, लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काकँरभिट्टाको  प्रहरी टोलीले उनलाई ब्राउन सुगर ५० ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङको ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।