पाँचथर । 

पाँचथरको फालेलुङ गाउँपालिका –७ फर्तिमा टोलका ३५ बर्षीय राजकुमार तामाङको भिरबाट लडेर मृत्यु भएको छ ।

शुक्रवार बेलुका ५ बजे आफ्नै पाखा बारीमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाईते भएका तामाङको उपचारको लागि जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ ल्याउने क्रममा बेलुका ७ बजे बाटैमा मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएपछि  प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको  प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।