विराटनगर ।
सुनसरी र उदयपुरमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
हिजो(शुक्रवार) बेलुका सुनसरी दुहबी नगरपालिका –१० बुद्ध चोक स्थित ईनरुवा–दुहबी सडक खण्डमा पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ ख ४८३९ नम्बरको ट्रक र बिपरित दिशाबाट आउदै गरेको को ७ प ३८५९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल सवार दुहबी नगरपालिका –११ तनमुनाका २८ बर्षीय जितनारायण उरावको बिराट नर्सिंह होम विराटनगर उपचारको क्रममा मृत्यु भएको छ भने अर्का मोटरसाईकल सवार रंगेली नगरपालिका ९ का ३० बर्षीय भिमप्रसाद उरावको सोही अस्पतालमा उपचार भईरहेको छ ।
ट्रक र ट्रक चालक उदयपुर कटारी नगरपालिका ५ का २४ बर्षीय सागर मगर ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् ।
यसैगरी हिजै बेलुका उदयपुर त्रियुगा नगरपालिका –४ बगाहा स्थितमा गाईघाटबाट जलजले तर्फ जाँदै गरेको प्र २ –०१–००३ प ८४९१ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आउदै गरेको स १ ख ७२१ नम्बरको ट्रिफर ठक्कर खाई दुर्घटना हुँदा मोटरसाईकल चालक त्रियुगा नगरपालिका –५ देउरीका ३२ बर्षीय प्रभु नारायण चौधरी र पछाडी सवार सोही स्थानका ३१ बर्षीय दिलिप दुलाल घाईते भई उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाईएको थियो ।
घाईते मध्ये दिलिप दुलालको उपचारको क्रममा राती नै मृत्यु भएको छ भने अर्का घाईतेको उपचार भईरहेको छ ।ट्रिफर र ट्रिफर चालक त्रियुगा नगरपालिका –६ लालपत्ताका ३६ बर्षीय मेखबहादुर राउत जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।